तत्कालिन नेकपाबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद विमला वली माओवादीमा प्रवेश गरेपछि एमालेलाई एकल सरकार बनाउनको लागि बहुमत गुमेको छ । ८७ सदस्य रहेको लुम्बिनी प्रदेश सभामा माओवादीबाट एमालेमा गएको दुई जनालाई माओवादीले र मुख्यमन्त्री विरुद्ध अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेर पनि मख्यमन्त्रीलाई साथ दिएका जनता समाजवादी पार्टीका ४ जना सांसदलाई जसपाले कारवाही गरेपछि लुम्बिनी प्रदेश सभामा ८१ सदस्य कायम छन् ।
त्यसको फाईदा उठाउँदै मुख्यमन्त्री पोखरेलले एकाएक बिहानै राजिनामा दिएर एकल बहमतको सरकार बनाउने खेल सुरु गरेपनि नेकपा बाट निर्वाचित बिमलाको कदमले एमालेलाई एकल बहुमतको सरकार बनाउने संख्या गुमेको हो । प्रदेश सभा सदस्य उत्तरकुमार वलीको निधन भएपति पत्नी बिमला वली उपनिर्वाचनमा दाङको क्षत्र नं. ३ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।