लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलको सपथ कार्यक्रममा राष्ट्रिय राजमार्ग समेत बन्द गराईएको छ । मुख्यमन्त्रीमा पुनः नियुक्त शंकर पोखरेल अल्पमतमा परेपछि बिरोधको स्वरलाई दवाउन राष्ट्रिय राजमार्ग समेत बन्द गरिएको हो ।
मुख्यमन्त्री शंकर पोखरेलले बहुमत आफूसंग रहेको दावी गरेपनि राजनीतिक समिकरण बिग्रिएपछि एकाएक सपथको तयारी गरिएको थियो । तर बिपक्षि दलहरु प्रदेश प्रमुखलाई बहुमत सांसदको हस्ताक्षर सहित ध्यानाकर्षण गराउनुको साथै सपथ समेत रोक्न आग्रह गरेका थिए भने उनीहरु प्रदश प्रमुखको कार्यालयमा धर्नामा बसेका थिए ।
मुख्यमन्त्रीको सपथलाई नै लक्षित गरेर प्रहरीले सिद्धार्थ राजमार्गमा चल्ने सवारी साधनलाई बुटवलको अस्पताललाई र गोलपार्कमा रोकेको थियो भने भत्री सडकहरु समेत बन्द गराएको थियो । दिउँसो ४ बजेदेखि साँझ करिव ९ बजेसम्म भएको बन्दका कारण उत्तरदक्षिणका सवारीका साधन गोलपार्क र अस्पताल लाईनमा लामो लाईनमा रहेका थिए ।