थप ९ हजार १९६ जनामा कोरोना संक्रमण

1.3K

थप ९ हजार १९६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणकै कारण पछिल्लो २४ घण्टामा ५० जनाले ज्यान गुमाएका छन् ।