लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका बिरुद्ध अविश्वासको प्रस्ताव गरेका चार दलीय गठबन्धनले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई समावेदन दिएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै प्रदेश प्रमुखसंग विशेष अधिवेशन माग गर्दै समावेदन दिएका हुन् ।
चार दलीय गठबन्धनले मुख्यमन्त्रीमा माओवादी केन्द्रका दलका नेता कुलप्रसाद केसीलाई अंगाडी सार्दै ४० सांसदको हस्ताक्षर सहित मुख्यमन्त्री पोखरेल बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेका हुन भने सोही अनुसार प्रदेश प्रमुखसंग पनि बिशेष अधिवेशन बोलाउन माग गरिएको नेपाली काँग्रेस प्रदेश सभाका प्रमुख सचेतक फखरुद्धिन खानले जानकारी गराउनु भयो ।