नेपाली काँग्रेस रुपन्देहीले तत्काल अक्सिजनको सहज आपूर्ति व्यबस्था मिलाउन सरकारसंग माग गरेको छ । अक्सिजनको अभावमा अस्पतलमा पुगेका कोरोना संक्रमित बिरामीले मृत्यु वरण गर्नुपरेको ध्यानाकर्षण गराउँदै अक्सिजनको तत्काल र भरपर्दो व्यबस्था मिलाउन काँग्रेसले सरकारसंग माग गरेको हो ।
नेपाली काँग्रस रुपन्देहीका सभापती अब्दुल रज्जाकले एक विज्ञप्ती जारी गरि अक्सिजनको अभावमा कोरोना संक्रमितले उपचार नपाएर ज्यान गुमाइरहेको र अस्पतालहरुले भर्ना भएका बिरामीलाई डिस्चार्ज दिइरहेकाले तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नु भएको हो ।
भैरहवाको भिम अस्पताल, बुटवलको कोभिड अस्पताल सहित अन्य निजी अस्पतालहरुमा समेत अक्सिजन सकिएर बिरामीको मृत्यु भएको, भैरहवा मेडिकल कलेजले अक्सिजनकै अभावमा बिरामी भर्ना लिनै छोडेको र भर्ना भएका बिरामीलाइ समेत डिस्चार्ज गरिदिँदा स्थिती अझ भयावह तर्फ गइरहेको भन्दै राज्यका सबै शक्ति र श्रोत अक्सिजन व्यवस्थापनमा तथा कोडिभ १९ का बिरामीको उपचारमा लगााउन काँग्रेस रुपन्देहीले माग गरेको हो ।
अक्सिजन सकिएर आजै बुटवलको कोभिड अस्पतालमा ५ जना संक्रमितको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजले अक्सिजन नपाएपछि अस्पतालमा भर्ना भएका बिरामीलाई डिस्र्चाज दिने निर्णय गरेपछि काँग्रेसले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको हो ।