रुपन्देहीमा निषेधाज्ञा जेठ १३ गतेसम्म थपियो

1.3K

रुपन्देहीमा निषेधाज्ञा जेठ १३ गतेसम्म थपियो

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा जारी निषेधाज्ञा आगामी जेठको १३ गतेसम्म थप गरेको छ । कोरोना भाईरस संक्रमण नियन्त्रण, रोकथाम, उपचार तथा व्यबस्थापनको लागि भन्दै प्रशासनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
कोरोना भाईरस संक्रमण बढ्दै गएपछि संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम यहि बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा गत २३ गते बैशाखको ३० गते सम्म थप गरिएको थियो ।
जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अगामी जेठको १३ गते बिहान ६ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।