शुक्रबार नियुक्त भएका प्रधानमन्त्री ओलीले सपथ लिनु भएको छ । शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई सपथ गराउनु भएको हो ।
संविधानको धारा ७६ (३) अनुसार बिहिबार राती नै राष्ट्रपपति भण्डारीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । राष्ट्रिपतिबाट सपथ लिएका प्रधानमन्त्री ओलीले आजै (शुक्रबार) सिंहदरमा आएर पदभार ग्रहण गर्नुहुनेछ ।
प्रतिनीधि सभा (संसद)मा विश्वासको मत गुमाएका ओलीलाई ठूलो दलको हैसियतमा राष्ट्रपति भण्डारीले पुनः प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । संसदमा विस्वासको मत नदिएपनि एमाले ईतरका दलहरु काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमत पु¥याउन नसकेपछि राष्ट्रपतिले ठूलो दलको हैसियतमा ओलीलाई नै पुनः प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि विशेष अधिवेशन बोलाएपनि संसदमा ९३ मत मात्रै प्राप्त गर्नुभएको थियो । प्रतिनीधि सभामा सबैभन्दा ठूलो दल एमालेका १२१ सांसद रहेपनि असन्तुष्ट माधवकुमार नेपाल, झलनाथ खनाल पक्षका सांसदहरु बिशेष अधिवेशनमा भाग नै लिएनन् भने नयाँ सरकार गठनमा मतभेद रहेको जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसदहरु ततस्ठ बसेका थिए ।