कोरोनाबाट पत्रकार चौधरीको मृत्यु

1.3K

कोरोनाबाट पत्रकार चौधरीको मृत्यु

कोरोना संक्रमणका कारण रुपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ । कोरोना संक्रमण पछि गत बैशाख २२ गते तिलोत्तमाको आइसोलेशनमा भर्ना भएको तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राम निवासी चौधरीको ६१ वर्षको उमेरमा निधन भएको हो ।
आइसोलशनमा रहँदा स्वास्थ्यमा थप समस्या भएपछि उहाँलाई बुटवलको धागो कारखानामा रहेको कोरोना अस्पतालको एचडियूू, आइसियूू बेड हुँदै भेन्टिलेटरसम्मको उपचार गरिएको थियो । उपचारकै क्रममा उहाँको बुधबार बिहान सवा ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वर्गीय चौधरीका श्रीमती २ छोरा र ४ छोरी हुनुहुन्छ । रेडियो लुम्बिनीमा कार्यरत चौधरीको निधन प्रति नेपाल पत्रकार महासंघ रुपन्देही तथा पत्रकार सम्वद्ध संघसंस्थाहरुले दुःख व्यक्त गरेका छन् ।
पत्रकार चौधरी सहित गय राती रुपन्देहीमा कोरोनाबाट ७ जनाले ज्यान गुमाएका छन् । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ४ जना र भैरहवा स्थित भिम अस्पतालमा ३ जनाको मृत्यु हो । लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु हुनेमा चौधरी सहित तिनाउ ६ पाल्पाकी ६० वर्षिया महिला, बुटवल १३ का ५२ वर्षिय पुरुष, बुटवल ७ का ६० वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै भैरहवाको भिम अस्पतालमा ओमसतिया रुपन्देहीका ५७ वर्षिय पुरुष, परासी ६ का ४६ वर्षिय पुरुष, लुम्बिनी साँस्कृतिक नगरपालिकाका ४५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।