सरकारलाई काँग्रेसको ध्यानाकर्षण : सरकारकै कारण कोरोना संक्रमण बढ्यो

1.3K

सरकारलाई काँग्रेसको ध्यानाकर्षण : सरकारकै कारण कोरोना संक्रमण बढ्यो

नेपाली काँग्रेसले सरकारलाई ध्यानाकर्षण गराउँदै सरकारले महामारीका बिच पनि उद्घाटन र शिलान्यासका नाममा भिडभाड गराउँदा कोरोना संक्रमण द्रुत गतिमा बढेको आरोप लगाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहिबार सिंहदरबार पुगेर प्रधानमन्त्री केपि ओलीलाई १५ बुँदै ध्यानाकषर्णप पत्र बुझाउनु भएको हो । ध्यानाकर्षण पत्रमा नेपालमा दोस्रो चरणको महामारी तिब्र रुपमा फैलिनुमा सरकारकै कमजोरी औंल्याईएको छ ।
संक्रमणको खतरा हुँदाहुँदै पनि प्रधानमन्त्री आफैले भिडभाड, तडकभडकका साथ उद्घाटन तथा शिलान्यासका कार्यक्रम गरिरहँदा संक्रमण तिब्र रुपमा बढेको आरोप काँग्रेसले लगाएको छ । त्यस्तै निषेधाज्ञा जारी गरेपनि बैज्ञानिक नबनाएका कारण पनि संक्रमण फैलिएको बताउँदै नागरिकको जीवन रक्षाको लागि स्वास्थ्य सामाग्रि, पीसीआर परीक्षण लगायतको बिशेष व्यबस्था गर्न र अस्पतालमा बेडको संख्या थप गर्न तथा प्रयाप्त अक्सिजनको व्यबस्था मिलाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो ।
तेस्रो चरणको संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न खोपको सुनिश्चितता गर्न कांग्रेसले माग राखेको छ । त्यसका लागि कुटनीतिक पहल लिन पनि सरकारलाई सुझाव दिएको छ । महामारी फैलिनुको कारण, रोकथाम तथा उपचारबारे सुझाव दिएको कांग्रेसले सरकारबाट भएको भ्रष्टाचारबारे पनि प्रश्न उठाएको छ । पहिलो चरणको महामारीमा देखिएको अनियमितता, भ्रष्टाचारबारे छानविन गरिनुपर्ने माग गर्दै काँग्रेसले नेतृत्व क्षमतामा समेत प्रश्न उठाएको छ ।