लायन्स क्लव अफ बुटवलले कोरोना महामारीको कारण संकटमा परेका दृष्टिबिहिनलाई खाद्यान्न सहयोग गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १३ वेलवास स्थित रुपन्देही दृष्टिबिहिन संरक्षण मञ्चमा रहेका २० जना दृष्टिबिहिनलाई खाद्यान्न प्रदान गरिएको क्लवका अध्यक्ष संजय जयसवालले जानकारी दिनुभयो ।
स्वरोजगारमुलक व्यबसाय गरेर जीविकोपार्जन गर्दै आएका उनीहरुलाई कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेपछि साँझ बिहानको छाक टार्न समेस समस्या भएको थियो । महामारीका बिचमा खान नपाएर कोही पनि मर्नु हुँदैन भनेर जति सकिन्छ खाद्यान्न सहयोग गरिएको अध्यक्ष जयसवालले बताउनु भयो ।
उक्त खाद्यान्न लायन्स क्लव क्षेत्र नं. ४ का प्रमुख सन्दिप कसौधनको रोहवरमा रुपन्देही दृष्टिबिहिन संरक्षण मञ्चका अध्यक्ष पदम थापालाई क्लवका अध्यक्ष जयसवालले हस्तान्तरण गर्नुभएको हो ।