तीनदेखि परेको अविरल वर्षाका कारण जनजीवन नराम्रेसंग प्रभावित भएको छ । अविरल वर्षाका कारण पहाडमा पहिरो तथा तराईमा बाढीले जलमग्न भएको छ । तीनदेखि परेको अविरल वर्षाका कारण रुपन्देहीमा पनि त्यसले ठूलो प्रभाव पारेको छ ।
रुपन्देहीको मुख्य नदी तिनाउमा पानीको बहाव बढेपछि नदी आसपासको बस्तीमा बाढी पसेको छ भने मानव जोखिम उच्च देखिएको छ । अविरल वर्षाका कारण बस्ती डुवानमा पर्ने उच्च जोखिमका बिच प्रशासनले उच्च सतर्कता अपनाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सबै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन गरेको जानकारी गराउनु भएको छ ।
अविरल बर्षासंगै नदीमा बहाव बढेपछि तीनाउ, दानव लगायतका नदि किनारका बस्ती उच्च जोखिममा छन् । प्रशासनले ती बस्तीमा उच्च सर्तकता अपनाउन पनि आग्रह गरेको छ । अविरल बर्षासंगै आएको बाढी पहिरोका कारण रुपन्देहीमा पूर्वपश्चिम तथा उत्तरदक्षिण जोड्ने सडक अवरुद्ध भएका छन् ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै देशभरका अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको जल तथा मौषम बिज्ञान विभाग मौषम पूर्वानुमान शाखाले जनाएको छ । महाशाखाले आगामी सुक्रबारसम्म केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको औंल्याउँदै पहाडी भूभागमा पहिलो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनालामा पानीको सतह बढ्ने तथा यातायात क्षेत्र प्रभावित हुने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान
जारी मितिः २०७८–०३–०२ बिहान ६ः०० बजे)
हाल मौसमको अवस्था
हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ२०७८ असार २ गते (बुधबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ भने लुम्बिनी तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।२०७८ असार ३ गते (बिहीबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश न.१ र वागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।२०७८ असार ४ गते (शुक्रबार)
दिउँसोः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
देशका अधिकांश स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशको केहि भू–भागमा भारि वर्षा र थोरै स्थानमा धेरै भारि वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।