कर तिर्ने म्याद असार २५ सम्म

1.3K

कर तिर्ने म्याद असार २५ सम्म

सरकारले असार २५ गतेसम्म कर दिर्न समय दिएको छ । आन्तरिक राजश्व विभागले बुधबार सूचना प्रकासित गर्दै कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मलाई तोकेको हो । विभागले २०७७ साल चैत र बैशाखको मासिक तथा चैत र बैशाख दुई महिना अवधिको मुल्य अभिबृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्ने सूचनामा उल्लेख गरेको छ ।
विभागका अनुसार २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ । २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि २५ असार तोकिएको छ । २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७८ सम्म थप गरिएको छ ।