श्रीमतिसंग अवैध सम्बन्धका कारण कुर्मीको हत्या

1.3K

श्रीमतिसंग अवैध सम्बन्धका कारण कुर्मीको हत्या

कपिलबस्तुमा आफ्नी श्रीमतिसंग अवैध सम्बन्ध राख्ने पुरुषलाई उनका श्रीमानले हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार कपिलबस्तु नगरपालिका वडा नं. ८ पूर्व डिह बलौहवाका १८ वर्षीय विजयबहादुर कुर्मीको हत्या भएको हो ।
कुर्मीको यहि असार ४ गते बिहान हत्या भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीका अनुसार आफ्नी श्रीमति बासमती कोहारसंगको अवैधानिक सम्बन्धका कारण उनका श्रीमान अनिल कहार समेतले कुर्मीको हत्या गरेको पुष्टि भएको हो ।
यहि असारको ७ गते कपिलबस्तु नगरपालिका वडा नं. ८ पुर्व डिह बेलौहवा स्थित सरकारी जग्गामा रहेको पोखरीमा कुर्मीको लास फेला परेको थियो ।
कर्मीको मृत्यु अस्वाभाविक देखिएको र अनुसन्धानको क्रममा बासमती कहारसंग अवैधानिक सम्बन्ध खुल्न आएको प्रहरीले जनाएको छ । सोही बिषयलाई लिएर बास्मतीका श्रीमान अनिलले १ महिना पहिले कुर्मीलाई कुटपिट समेत गरेका थिए । प्रहरीका अनुसार असार ३ गते अनिल छिमेकीको बिवाहमा गएका थिए ।
४ गते बिहान करिव १÷२ बजेको समयमा घरमा आउँदा आफ्नी श्रीमतिसंग भेटेपछि अनिलले रमेश कहार र बास्मती समेतको मिलेमतोमा कुर्मीलाई कुटपिट गरि हत्या गरका हुन् । हत्यापछि उनीहरुले कुर्मीको लासलाई त्यहाबाट उठाएर पोखरीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता भण्डारीले बताउनु भयो ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बास्मतीका श्रीमान २३ वर्षीय अनिल, अनिलका दाजु ३२ वर्षीय रमेश र बास्मतीलाई पक्राउ गरि कर्तव्य ज्यान मुद्धामा कारवाहीको लागि आवश्यक थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।