लुम्बिनी प्रदेश सरकारले चोरबाटोबाट निर्वाचन क्षेत्र बिकास कार्यक्रम ल्याएको छ । प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख नै नगरी सांसद लक्षित कार्यक्रम ल्याएको हो ।
सरकारले नीति तथा कार्यक्रम र बजेट वक्तब्यमा उल्लेख नै नगरि प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम र जनतासंग जनप्रतिनीधि कार्यक्रमको नाममा सांसदहरुलाई १ अर्ब ६४ करोड ५० लाख रुपैंया बजेट विनियोजन गरेको हो । यी दुबै कार्यक्रम सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरिएको थिएन । अरु प्रदेशमा सांसद लक्षित कार्यक्रम समावेश हुँदा लुम्बिनी सरकारले नगरेको भनी चर्चा समेत भएको थियो ।
यद्यपी प्रदेश सभामा पेश गरिएको बजेट पुस्तिकामा अन्त्यमा अर्थ बिबिध शिर्षकमा प्रदेश निर्वाचन क्षेत्र बिकास कार्यक्रमको नाममा ५२ निर्वाचन क्षेत्रलाई २ करोडका दरले १ अर्ब ४ करोड रुपैंया र जनतासंग जनप्रतिनीधि कार्यक्रमका नाममा ८७ सांसदलाई ५० लाखका दरले ४३ करोड ५० लाख रुपैंया छुट्याईएको छ ।