सरकारका गृह तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्ना नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । एमाले नेता पौडेलले ताजा जनादेशबाटै मुलुकले निकास पाउने बताउँदै निर्वाचनमा जुट्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।
कालिगण्डकी–तिनाउ डाईभर्सन बहुउद्देश्यीय आयोजनाको शनिबार बुटवलमा कार्यालय उद्घाटन गर्दै उहाँले प्रतिनीधि सभामा प्रधानमन्त्री केपि ओलीले विश्वासको मत लिएपछि दलहरुले सरकार बनाउन नसक्दा बाध्य भएर संसद विघटन गर्नुपरेको बताउनु भयो ।
संविधान निर्माणपछि राजनीतिक मुद्धामा नभई बिकास निर्माणमा लाग्ने अठोट गरिएपनि अनपेक्षित दृश्य देखा परेको उल्लेख गर्दै उहाँले निर्वाचनमा व्यक्त गरे अनुसार नै सरकारले बिकासका कामहरु गरेको दावी गर्नुभयो ।