राेटरी क्लव अफ बुटवल साउथकाे अभियान : नेपालमा दुई वटा डिष्ट्रिक

1.3K

राेटरी क्लव अफ बुटवल साउथकाे अभियान : नेपालमा दुई वटा डिष्ट्रिक

राेटरी क्लव अफ बुटवल साउथले नेपालमा कम्तिमा दुई वटा डिष्ट्रिक बनाउन अभियान चलाएकाे छ । क्लवकाे याे अभियान अन्तरगत चालू वर्षमा ५ वटा क्लव स्पाेन्सर गरेकाे छ भने आगामी वर्ष थप ५ वटा क्लव स्पाेन्सर गर्ने लक्ष्य लिईएकाे क्लवका अध्यक्ष प्रेम भुर्तेलले बताउनु भयाे ।

उहाका अनुसार क्लवले नवलपरासीकाे परासी, बर्दिया, काठमाण्डाै, रुपन्देहीकाे बुटवल र तिलाेत्तमामा नयां क्लव स्पाेन्सर गरेकाे हाेे । मानव सेवालाई आत्मसात गर्दै बि.सं २०५८ असार १३ मा राेटरी क्लव अफ बुटवलकाे स्पाेन्सरमा स्थापना भएकाे राेटरी क्लव अफ बुटवल साउथकाे स्थापना दिवस विशेष कार्यक्रममा उक्त जानकारी गराईएकाे हाेे ।

एउटा डिष्ट्रककाे लागि कम्तिमा ८० क्लव आवश्यक हुन्छ । हाल नेपालमा १४९ वटा राेटरी क्लव छन् । त्यसमा पनि नेपाल र भुटान समेत गरेर एउटा डिष्ट्रिक छ ।

आईतबार सांझ आयाेजित कार्यक्रममा बाेल्दै डिष्ट्रिक गभर्नर नाेमिनी डिजिनेटेड राजेन्द्र ध्वजुले राेटरीमा सदस्यता अभिबृद्धिकाे लागि ‘एक सदस्य, एक नया सदस्य’ अभियान सञ्चालन गर्ने जानकारी गराउनु भयाे । सदस्य बृद्धकाे लागि नया क्लव स्पाेन्सर पनि हुन सक्ने उहाकाे भनाई छ । उहाले उक्त क्लवले सामािजक काम र सदस्यता बृद्धमा राम्राे याेगदान गरेकाेमा प्रशंसा गर्दै निरन्तरताकाे लागि आग्रह गर्नुभयाे ।

त्यस अवसरमा क्लवका संस्थापक अध्यक्ष, पदाधिकारी सहित सदस्यहरुकाे नामसहितकाे ताम्रपत्र समेत अनावरण गरिएकाे थियाे । क्लवकाे संस्थापक अध्यक्ष रामचन्द्र आचार्य हुनुहुन्छ ।

क्लवका अध्यक्ष प्रेम भुर्तेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एसिस्टेन्ट गभर्नरहरु राजकुमार गुप्ता, कृष्ण पाण्डे, क्लवका संस्थापक अध्यक्ष राचन्द्र आचार्य, पूर्व अध्यक्षहरु ध्रुवकुमार धिताल, नेत्र पाठक, लक्ष्मण ज्ञवाली, खिमानन्द पाण्डे, क्लवका सदस्य दुजेन्द्र बस्नेत, भगिनी संस्था राेट्याक्ट क्लव अफ बुटवल साउथका अध्यक्ष कृष्ण भुसाल लगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।