‘ओलीले बोलाएको बैठक अवैध’

1.3K

‘ओलीले बोलाएको बैठक अवैध’

नेकपा एमालेको माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी ओलीले बोलाएको बैठक अवैध भएको निश्कर्ष निकालेको छ । बिहिबार बसेको नेपाल समुहको बैठकले अध्यक्ष ओलीले बोलाएको बैठक अवैध भएको निश्कर्ष निकाल्दै उक्त बैठकमा सहभागि नहुने निर्णय गरेको हो ।
गत बुधबार बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटिको बैठकले शुक्रबारको लागि केन्द्रीय कमिटी बैठक बोलाएको थियो भने उक्त बैठकमा सहभागि हुनको लागि केन्द्रीय सचिवालयले पत्राचार समेत गरेको थियो । सोही विषयलाई लिएर नेपाल समुहको स्थायी कमिटी बैठक बसेको हो ।
बैठक बोलाउने दशौं महाधिवेशन आयोजक कमिटी नै अवैध भएकोले उक्त बैठकमा सहभागि नहुने निर्णय गरिएको नेताहरुले बताएका छन् ।