विचाराधिन मुद्धाबाट हस्ताक्षर फिर्ता लिन एमालेका २३ सांसदलाई पार्टीको निर्देशन

1.3K

विचाराधिन मुद्धाबाट हस्ताक्षर फिर्ता लिन एमालेका २३ सांसदलाई पार्टीको निर्देशन

नेकपा एमालेले सर्बोच्चमा बिचाराधिन मुद्धामा प्रयोग भएका आफ्ना हस्ताक्षर फिर्ता गर्न पार्टीका २३ सांसदलाई निर्देशन गरेको छ । दशौं महाधिवेशन आयोजक कमिटी खारेज गरि शुक्रबार बोलाईएको केन्द्रीय कमिटी बैठकले पार्टीका २३ सांसदलाई दुई दिन भित्र हस्ताक्षर फिर्ता लिन निर्देशन गरेको हो ।
राष्ट्रपतिले संविधानको धारा ६७ (५) अनुसार प्रधानमन्त्रीमा दावी गर्न आह्वान गरेपछि एमाले माधव नेपाल समुहका २६ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । संगै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले पनि प्रधानमन्त्रीमा दावी गरेपछि दुबैको दावी अस्वीकार गरेपछि प्रतिनीधि सभा भंग गरिएको थियो ।
प्रतिनिधिसभा विघटन खारेज र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसद सर्वोच्च अदालत गएका थिए । अदालत जानेमा माधव नेपाल समूहका २३ सांसद छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा यो मुद्धामा ९ असारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । रिट निवेदक र सरकारी पक्षको बहस सकिएको छ भने अब एमिकस क्युरीको बहस हुनेछ । केही दिनमा फैसला आउने सम्भावना छ । फैसला अगावै पार्टीका नेताहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन गरेको हो ।