राजश्व छली गरेका १५ भारतीय गाडी प्रहरी नियन्त्रणमा

1.3K

राजश्व छली गरेका १५ भारतीय गाडी प्रहरी नियन्त्रणमा

राजश्व छली अवैध रुपमा सञ्चालनमा आएका भारतीय नम्बर प्लेटका १५ वटा गाडी र ती गाडीका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवललाई जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलाट खटिएको प्रहरी टोलीले राजश्व छली गरेको सूचनाको आधारमा बिहिबार दिउँसो पूर्वपश्चिम राजमार्गमा पर्ने बुटवल उपमहानगरपालिका वडा नं. २ जीतगढीबाट ती गाडी सहित चालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।
फलफूल ढुवानी गर्ने भारती नम्बर प्लेटका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका युपि ४० टि ५११९, युपि ४० टि ५५६०, युपि ४० एटि २७६७, युपि ५३ ईटि ०१६६, युपि ३२ एमएन २५४६, युपि ५३ सिटि ६१६७, युपि ५३ डिटि ५११८, युपि ३२ डिएन ६२१३, युपि ४१ एटि ८१५५, एमएच १५ जिभि २४५२, युपि ५३ ईटि ८३६३, युपि ४७ टि ४३७१, युपि ३० बिटि २४७८, युपि ४० टि ६६७३ र युपि ३० एटि ७२३५ नम्बरका गाडी प्रहरी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका ति गाडी सहित ती गाडीका चालक नसिम खान, मुन्नु खान, राजकुमार बर्मा, दिनेश यादव, मोह्मद सफिक खान, बृजेश महारिया, सुनिलकुमार चौरासिया, काजिर विद, अजय सिंह, रामनारायण, बलवान यादव, सफिख खान, जाबिर अली, इसार खान र अनुज कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर आन्तरिक राजश्व कार्यालयमा पठाईएको उहाँले बताउनु भएको छ ।
ती गाडी नेपालमा नियम विपरित सञ्चालन भएको र बढी तौल भएको प्रहरीले जनाएको छ । ती सवारी साधन बिल भरपाई पश्चिमाञ्चल यातायात व्यबसायी समिति प्रधान कार्यालय बुटवलको धर्मकाँटाको रसिद, सवारी दर्ता किताव समेत वरामदी गरिएको प्रहरीले जनाएको छ ।