काँग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त

1.3K

काँग्रेस सभापति देउवा प्रधानमन्त्री नियुक्त

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । प्रधानमन्त्रीमा नियुक्त हुनु भएका देउवाको सपथग्रहण साँझ ६ बजे गर्ने तय गरिएको छ ।
सर्बोच्च अदालतले संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश गरेको थियो । मंगलबार साँझ ५ बजेभित्र नियुक्त गर्नुपर्ने परमादेश अनुसार राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।
संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीको लागि आह्वान भएपछि १४९ सांसदको हस्ताक्षर सहित दावी गरेको आधारमा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्बोच्चले राष्ट्रपति भण्डारीलाई परमादेश गर्दै संविधानको धारा ७६(२) र (३) बमोजिम प्रधानमन्त्री बनेका ओलीले संविधानको धारा ७६(५) अनुसार दावी गर्न नमिल्ने आदेश सुनाएको थियो ।
प्रधानमन्त्री नियुक्त भएसंगै देउवाले नेपाली काँग्रेस सहित सत्ता साझेदार दलहरु माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट समेत गरि तीनजना मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ ।