नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ । मन्त्री खाँणले बुधबार बिहान मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । मंगलबार साँझ सितलनिवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेपनि उहाँले मन्त्रीको कार्यभार भने बुधबार मात्रै सम्हाल्नु भएको हो ।
उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले पनि बुधबार नै पदभार ग्रहण गर्नुभएको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गर्नुभएको थियो ।