नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानन्यायाधिश चोलेन्द्र सम्सेर जवरा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको बुटवलमा पुत्ला दहन गरेको छ । संसद विघटनलाई बदर गरेर अदातलले राजनीति गरेको भन्दै प्रधानन्यायाधिश जवरा र प्रतिपक्षलाई साथ दिएर आफ्नै पार्टीको सरकार ढालेको भन्दै वरिष्ठ नेता नेपालको पुत्ला दहन गरिएको युवा संघका केन्द्रीय सचिव तुलबहादुर अधिकारीले बताउनु भयो ।
बुटवलको अस्पताललाईनबाट निस्केको युवासंघको मसालसहितको जुलुसले ट्राफिकचोकमा पुगेर पुत्ला दहन गरेको हो । पुत्ला दहनको क्रममा प्रहरीले युवासंघका कार्यकर्तालाई धरपकड समेत गरेको थियो । जुलुस पुन अस्पताल लाईन आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभामा राष्ट्रिय युवासंघका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष तुलबहादुर अधिकारी सर्बोच्चको निर्दलीय फैसला बिरुद्ध युवासंघ सडकमा उत्रिनु परेको बताउँदै आन्दोलन निरन्तर जारी रहने बताएका थिए ।