लुम्बिनी प्रदेश सभाबाट सत्तापक्षका सांसद बाहिरिए : छलफलको लागि आधा घण्टा समय

1.3K

लुम्बिनी प्रदेश सभाबाट सत्तापक्षका सांसद बाहिरिए : छलफलको लागि आधा घण्टा समय

लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेटमाथिको छलफल सकिए पछि सत्तापक्षका सांसद बैठकबाट बाहिरिएका छन् । प्रस्तुत बजेटको छलफल पछि विभागिय मन्त्री र मुख्यमन्त्रीको जवाफ संगै सत्तापक्षका सांसदहरु बैठकबाट बाहिरिएका हुन् ।
मुख्यमन्त्रीको सम्बोधन लगत्तै सत्तापक्ष एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले छलफलको वातावरण बनाउन माग गर्नुभएको थियो भने त्यसको जवाफमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता विदेन्द्र कनौडियाले सरकारको बैधानिकता प्रमाणित गर्न चुनौती दिनुभयो ।
त्यससंगै सत्तापक्षका सांसदहरु बाहिरिएका थिए । सत्तापक्षका सांसदहरु बाहिरिने क्रममा सभामुख पूर्णबहादुर घर्तीले छलफलको लागि आधा घण्टा समय दिनुभएको छ ।