बुटवलमा होण्डा कम्पनीको ‘ग्राजिया बिएस–६’ मोडलको स्कुटी लञ्चिङ् गरिएको छ । नेपालको लागि होन्डा मोटरसाईकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ले भित्र्याएको उक्त स्कुटी बुटवलमा अमृत ईन्टरनेशनल प्रालिले लञ्चिङ् गरेको हो ।
उक्त १२५ सिसिको स्कुटी शनिबार बुटवलको लागि आधिकारिक बिक्रेता अमृत ईन्टरनेशनल चौराहामा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले लञ्चिङ् गर्नुभएको हो । त्यस अवसरमा बोल्दै अध्यक्ष कसजूले स्कुटीको फिचर्सहरु हेर्दा र वातावरण मैत्री पनि भएकाले बहुउपयोगि देखिएको बताउनु भयो ।
लञ्चिङ् कार्यक्रममा बुटवलका व्यबसायी जवीन कक्षपतिले आफू परिवारको लागि स्कुटी हेर्न आएको बताउँदै तत्कालै उक्त स्कुटी बुकिङ् गर्नुभयो । उहाँलाई सोही कार्यक्रममा अमृत ईन्टरनेशनलकी सञ्चालक शरीता पौडेल र बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष कसजूले स्कुटीको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

नेपाली बजारमा २ लाख ६९ हजार ९ सय रुपैंया मुल्य रहेको उक्त ग्राजिया बिएस–६ मोडलको स्कुटी लञ्चिङ् पिरियडमा ४ हजार ५ सय रुपैंया छुट प्रदान गरिएको म्यानेजिङ् डाईरेक्टर दीपक पौडेलले जानकारी गराउनु भयो ।
सेल्स म्यानेजर केशव ज्ञवालीका अनुसार उक्त स्कुटीको आकर्षर र स्टाईलिस लुक रहनुको साथै व्यबहारिक फिचर्सहरु रहेका छन् । १५५ एमएम देखि १७१ एमएम सम्म ग्राउण्ड क्लियरेन्स रहेको स्कुटीमा स्पिडोमिटरमा माईलेज फिचर उपलब्ध छ । जसका कारण रियल टाईम र्माइलेज, एभरेज माईलेज लगायतका जानकारी लिन सकिन्छ । त्यस्तै प्रोग्राम फुल माईलेज टेक्नोलोजी प्रयोग भएका कारण बढी माईलेज र पावर रहेको छ । सडक जाम भएको समयमा इन्धनको बचत गर्नको लागि लिडिङ् स्टप लगायतका फिचर्स रहेका छन् ।