लायन्स क्लव अफ बुटवल युथद्वारा पाणिनी उद्यानमा बृक्षरोपण

1.3K

लायन्स क्लव अफ बुटवल युथद्वारा पाणिनी उद्यानमा बृक्षरोपण

सामाजिक क्रियाकलापमा कृयालिश लायन्स क्लव अफ बुटवल युथले बुवलको जीतगढीमा रहेको पाणिनी उद्यानमा बृक्षरोपण गरेको छ ।
क्लवले बिहीबार एक कार्यक्रमका बिच उक्त उद्यानमा बृक्षरोपण गरेको हो । क्लवले आप, लिची, दालचिनी, अम्बा (बेलाउती) लगायतका फलफूलका बिरुवा रोपएको क्लवका अध्यक्ष हरिकृष्ण अधिकारीले बताउनु भयो ।
त्यस अवसरमा बोल्दै लायन्स क्लवका डिष्ट्रिक एक्जुकेटिभ चिफ एड्भाईजर अर्जुनमान सैंजुले सामाजिक काममा लायन्स क्लवको भूमिका उल्लेखनीय रहेको बताउँदै अझै रचनात्मक काम गर्न क्लवलाई सुझाव दिनुभयो । क्लवका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा एरिया चिफ जीवन गौतम, जोन चियरप्रसाद अशोक गुरुङ, डिष्ट्रिक कोडेपुटी चिफ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा पाणिनी उद्यानका अध्यक्ष ऋषि आजादले उद्यानका बारेमा जानकारी गराउँदै बृक्षरोपण गरेकामा धन्यवाद व्यक्त गर्नुभयो । क्लवका अध्यक्ष अधिकारीले पाणिनी उद्यान भित्र लायन्स गार्डेन बनाउन आफूहरु तयार रहेको बताउँदै आगामी दिनमा उद्यानसंग समन्वय गरेर लायन्स गार्डेन बनाउने बताउनु भयो ।
क्लवका द्वितीय उपाध्यक्ष विष्णु काफ्लेको सञ्चालनमा भएको कार्यक्रममा कार्यक्रम संयोजक मोती काफ्लेले स्वागत गर्नुभएको थियो ।