रोट्रयाक्ट क्लव अफ सेन्ट्रल बुटवलले बृक्षरोपण गरेको छ । क्लवले रोटरी इन्टरनेशलनको सपोर्टिङ् द इन्भारमेन्ट परियोजना अन्तरगत तिलोत्तमा नगरपालिका शंकरनगरमा रहेको तिलोत्तमा पार्कमा बृक्षरोपण गरेको हो ।
वातावरण संरक्षणको लागि धुपी लगायत सय बढी फूलका बिरुवा रोपिएको कार्यक्रम संयोजक सुरज कनौजेले बताउनु भयो । रोटरी क्लव अफ सेन्ट्रल बुटवलका सस्थापक अध्यक्ष तथा रोटरी डिष्ट्रिकका क्लव डेभलप्मेन्ट च्यरपर्सन एजाज आलमले रोटरी रोट्रयाक्टले सामाजिक सेवासँगै वातावरण संरक्षणको लागि बृक्षरोपण राम्रो काम भएको बताउनु भयो । उहाँले रोपिएको बिरुवाको संरक्षणमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।
क्लवका अध्यक्ष प्रबिन पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष बालकृष्ण पोख्रेल, सस्थापक अध्यक्ष सुमन बस्याल, तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठक, नवजिवन क्लवका अध्यक्ष गोविन्द भुषाल लगायते भनाई राख्नुभएको थियो । कार्यक्रम सचिव बिनित कसौधनको सञ्चालनमा भएको थियो ।