रोट्रयाक्ट सेन्ट्रल बुटवलमा पदस्थापन

1.3K

रोट्रयाक्ट सेन्ट्रल बुटवलमा पदस्थापन

रोट्रयाक्ट क्लव अफ सेन्ट्रल बुटवलमा नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना गरिएको छ । शनिबार एक कार्यक्रमका बिच नयाँ कार्यसमितिलाई पद हस्तान्तरणसंगै पदस्थापना गरिएको हो । क्लवका निवर्तमान अध्यक्ष बालकृष्ण पोखरेलले नवनिर्वाचित अध्यक्ष प्रविण पाण्डेलाई पद हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानका डिष्ट्रिक गर्भनर नोमिनी राजेन्द्रप्रसाद ध्वजुले रोटरी र रोट्रयाक्ट क्लवको भूमिकाको बारेमा भनाई राख्नुभएको थियो । त्यस्तै रोटरी क्लव सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष एजाज आलमले क्लवले स्थापनाकालदेखि हाल सम्म गरेका कामको बारेमा प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा रोट्रयाक्ट क्लव अफ सेन्ट्रल बुटवलका सस्थापक अध्यक्ष सुमन बस्याल, रोटरी क्लव अफ सेन्ट्रल बुटवलका बाबुराम बोहरा, रोट्रयाक्ट डिआरआर इलेक्ट लक्ष्मण खरेल, प्रकास पराजुली लगाययले शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा क्लवका नवनिर्वाचित अध्यक्ष पाण्डेले क्लवमा दिईएको जिम्मेवारी संस्थाको विधानमा रहेर पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम सचिव ज्ञान प्रसाद बस्याल र बिनित कसौधनको सञ्चालनमा भएको थियो ।