बुटवल उपमहानगरपालिकाले तीन महिनादेखि राष्ट्रिय झण्डा झुकाईरहेको छ । नगरपालिकाको प्राङ्गढमा राखिएको राष्ट्रिय झण्डा कोरोना महामारी भन्दा अगाडिदेखि नै आधा झुकीरहेको स्थानीय बताउँछन् । नगरपालिकाले राष्ट्रिय झण्डा किन आधा झुकाईरहेको छ ? स्थानीयको प्रश्न छ ।
यस विषयमा बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले त्यस बारेमा आफूलाई केही थाहा नभएको बताउँदै के रहिछ हेर्नुपर्ने बताउनु भयो । उहाँले झण्डा झुकाउनु पर्ने कुनै कारण नभएको र झुलचुकमा भएको हुन सक्ने बताउनु भयो ।