लुम्बिनीका प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

1.3K

लुम्बिनीका प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गर्नुभएको छ । हालै लुम्बिनीको प्रदेश प्रमुखमा नियुक्त हुनुभएका शेरचनले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालयमा आई पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले संविधानले दिएको अधिकार भन्दा बाहिर गएर कसैले पनि केही गर्न नपाउने बताउनु भएको छ । उहाँले सबैले शान्तिपूर्ण तरिकाले र संवैधानिक व्यबस्थाको पालना गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले त्यसैबेला कालिगण्डकी–तिनाउ डाईभर्सन मिलाएर गरेमा समस्या नहुने पनि भनाई राख्नुभयो ।
गत मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर शेरचनलाई नियुक्त गरेको थियो । प्रदेश प्रमुखमा शेरचन नियुक्त भएसंगै यादवलाई बिहिबार बिदायी गरिएको थियो ।
लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रुपमा तत्कालिन काँग्रेस नेतृत्वका सरकारले उमाकान्त झालाई नियुक्त गरेको थियो भने प्रतिनीधि सभाको निर्वाचन पछि बनेको एमाले अध्यक्ष केपि ओली नेतृत्वको सरकारले झालाई हटाएर यादवलाई नियुक्त गरेको थियो ।