गुडिरहेको स्कर्पियो तिनाउमा खस्यो : चार जना घाईते

1.3K

गुडिरहेको स्कर्पियो तिनाउमा खस्यो : चार जना घाईते

पाल्पाको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुंगाले लागेर गुडिरहेको स्कर्पियो खोलामा खसेको छ ।
बुटवल तर्फ आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कर्पियो तिनाउँ गाउँपालिका वडा नं. २ झुम्सामा माथिबाट खसेको ढुंगाले लागेर खोलामा खस्दा स्कर्पियोमा सवार चारै जना घाईते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक मधु नेपालले बताउनु भयो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको पनि उहाँले बताउनु भयो ।