नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको संसदीय दलको बैठक बोलाएको छ । मुख्यमन्त्री शंकर पोखरेल निवासमा बुधबार बिहान बोलाईएको बैठकमा मुख्यमन्त्री पोखरेल बिरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफलमा कसरी प्रस्तुत हुने भन्ने रणनीति निर्माणको लागि संसदीय दलको बैठक बोलाईएको एमालेका एक सांसदले बताउनु भयो ।
अल्पमतमा परेपनि सोलोडोलो ब्याख्या गरेर सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री पोखरेल अविश्वासको प्रस्तावको सामना गर्ने वा राजीनामा गरेर नयाँ सरकारको लागि मार्गप्रसस्त गर्ने दोसाँधमा हुनुहुन्छ । ‘भोली बिहान बोलाईएको बैठकले सम्भवत यहि बिषय्मा निर्णय गर्नेछ ।’ उहाँले भन्नुभयो ।