लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ जना सांसदको हस्ताक्षर सहित दावी प्रस्तुत गर्नुभएको छ । प्रदेश प्रमुखले आज दिउँसो ३ बजेसम्मको समय दिएकोमा सांसद केसीले नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टी (जसपा)का ३, राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र सांसद अजय शाही समेत गरी ४२ जना सासंसदको हस्ताक्षर बुझाईएको नेपाली काँग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले बताउनु भयो ।
गठबन्धनका संयोजक तथा नेपाली काँग्रेस संसदीय दलका नेता बिरेन्द्र कानोडियाले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाउनु भएको हो । लुम्बिनी प्रदेशमा गठबन्धनको तर्फबाट केसीको पक्षमा प्रष्ट बहुमत देखिएको छ । स्वतन्त्र सांसद शाही हृदयश त्रिपाठी समुहका हुन् ।