लुम्बिनी प्रदेश : मुख्यमन्त्री नियुक्तसंगै सानो आकारको मन्त्रीमण्डल गठनको तयारी

1.3K

लुम्बिनी प्रदेश : मुख्यमन्त्री नियुक्तसंगै सानो आकारको मन्त्रीमण्डल गठनको तयारी

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा बहुमतसहित दावी गरेका कुलप्रसाद केसीले मुख्यमन्त्री नियुक्त भएपछि सानो आकारको सरकार गठनको तयारी गर्नुभएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको राजीनामासंग आज दिउँसो ३ बजेसम्मको समय दिएर प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको लागि दलहरुलाई बहुमत सहित दावी पेश गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखको आह्वान पछि बिहिबार माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमत सांसदको हस्ताक्षर सहित दावी पेश गर्नुभएको छ ।
मुख्यमन्त्रीमा बहुमत सहित दावी पेश गेरका केसीले मुख्यमन्त्रीमा नियुक्तसंगै काँग्रेस र जसपालाई समेटेर सानो आकारको मन्त्रीमण्डल बिस्तार गर्ने तयारी गर्नुभएको छ । माओवादीबाट कृष्णध्वज खड्का, नेपाली काँग्रेसबाट डिल्लीबहादुर चौधरी र जनता समाजवादी पार्टी (जसपा)बाट सहसराम यादव, सुमन शर्मा रायमाझी र पुरमती ढेगालाई मन्त्री बनाउने तयारी भएको नेपाली काँग्रेस संसदीय दलका नेता बिरेन्द्र कानोडियाले बताउनु भयो ।