लुम्बिनीका मन्त्री शाहीको एमालेलाई जवाफ : स्वतन्त्र सांसदलाई पार्टीको ह्वीप लाग्दैन

1.3K

लुम्बिनीका मन्त्री शाहीको एमालेलाई जवाफ : स्वतन्त्र सांसदलाई पार्टीको ह्वीप लाग्दैन

लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्री अजय शाहीले आफूलाई एमालेको ह्वीप नलाग्ने जवाफ फर्काउनु भएको छ । नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं. १ (ख) बाट सुर्यचिन्हबाट प्रदेश सभा सदस्यमा निर्वाचित शाही गठबन्धनको सरकारमा सहभागि भएपछि ४ दिन अगाडि एमालेले स्पष्टीकरण सोधेको थियो ।
मन्त्री शाहीले आईतबार एक विज्ञप्ती जारी गरि आफू स्वतन्त्र राजनीतिक समुहबाट निर्वाचित भएको र पार्टी सदस्यता समेत नलिएकाले एमालेको ह्वीप नलाग्ने प्रष्ट पार्नुभएको हो । गठबन्धन सरकारमा मन्त्री बनेपछि एमालेले साउन २८ गते पत्र काट्दै तीन दिनभित्र आफै उपस्थित भई स्पष्टीकरण बुझाउन निर्देशन गरेको थियो ।
चार दिनपछि सार्वजनिक रुपमा जवाफ फर्काउँदै मन्त्री शाहीले राजनीतिक दल सम्बन्धी ऐनअनुसार स्वतन्त्र सांसदलाई कुनै पार्टीको ह्वीप नलाग्ने बताएउनु भएको हो । २०७४ को आम निर्वाचनमा एमाले र हृदयश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समुह बिच भएको दुई बुँदे सहमतिमा ‘स्वतन्त्र पहिचानका साथ क्रियाशील हुने’ उल्लेख रहेको जानकारी गराउँदै आफ्नो दलको सदस्य नै नभएको व्यक्तिलाई स्पष्टीकरण सोध्नु औचित्यहीन र अलोकतान्त्रिक काम भएको उल्लेख गरिएको छ ।