प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेको छ । संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पु¥याए दल विभागन गर्न सक्नेगरी दल बिभाजन सम्बन्धि अध्यादेश ल्याउने तयार भएको हो ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पास गरेको राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने प्रावधान छ । यस अगाडि २०७७ बैशाखमा तत्कालिन प्रधानमन्त्री केपि ओलीले पनि दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनु भएको थियो ।
संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत पु¥याए दल विभाजन हुनेगरी ल्याएको उक्त अध्यादेशको सत्तारुढ दल भित्रै र बाहिरबाट समेत चर्को बिरोध भएपछि सरकारले फिर्ता लिएको थियो ।एमाले र जसपा विभाजन उन्मुख
दल विभाजन सम्बन्धि अध्यादेश आएसंगै प्रमुख प्रतिपक्षी दल एमाले र सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) फूटको नजिक देखिएका छन् । निर्वाचन आयोगमा दर्ता भएको एमालेको केन्द्रीय कमिटिमा २०३ जना केन्द्रीय सदस्य छन् । त्यस अनुसार दल विभाजन गर्न एमालेको माधवकुमार नेपाल पक्षलाई ४० भन्दा बढी केन्द्रीय सदस्य चाहिन्छ । त्यस्तै संघीय संसदीय दलमा एमालेका १५१ सांसद छन्, त्यसअनुसार ३१ सांसद चाहिने भएपनि नेपाल समुहमा अहिले यो देखिएको छैन ।
दल विभाजन सम्बन्धि अध्यादेशले सत्तारुढ गठबन्धनमा रहेको जनता समाजवादी पार्टी पनि फूट्न खतरा छ । निर्वाचन आयोगले दलको बैधानिकता उपेन्द्र यादव पक्षलाई दिएको छ । निर्वाचन आयोगको उक्त निर्णयसंगै महन्थ ठाकुर पक्ष संकटमा थियो । ३२ सांसद रहेको जसपामा अव त्यसको २० प्रतिशतले हुन आउने ७ सांसद पु¥याएर दल विभाजन हुन सक्छ । जुन संख्या ठाकुर पक्षसंग छ ।