पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सहित १४ सांसदलाई नेकपा एमालेले कारवाही गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएपछि एमालेले विद्रोही सांसदलाई कारवाही थालेको हो ।
राजनीतिक दल सम्बन्धि ऐनको दफा २८ (१) बमोजिम कार्य नगरी दलको ह्वीप उल्लंघन गरेको भन्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहित सांसदहरु मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरीलाई कारवाही गरेको हो ।
उनीहरुलाई कारवाही गर्दै सांसद पदबाट मुक्त गर्न एमालेले संसद सचिवालयमा पत्र पठाएको छ । राजनीतिक दल सम्बन्धि ऐन २०७३ मा ह्वीप उल्लंघन गरेका सांसदलाई सम्बन्धित दलले कारवाही गरि निस्कासित गर्न सक्ने व्यबस्था छ ।
एमालेले कारवाही गरेका १४ सांसद
वरिष्ठ नेता माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी ।