जनता समाजवादी पार्टीका महन्थ ठाकुले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि पार्टी बिहिन बनेका ठाकुर सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि ‘जसपा लोकतान्त्रिक’ नाममा नयाँ दल दर्ताको लागि निवेदन दिनुभएको हो ।
जसपा लोकतान्त्रिक नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतो रहने गरी २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ । त्यस्तै चुनाव चिन्हमा साईकल प्रस्ताव गरिएको छ । उक्त पार्टीमा रेशम चौधरी सहित १५ सांसद रहेका छन् ।