पार्किङ्बाट पल्सर मोटरसाईलक चोरी

1.3K

पार्किङ्बाट पल्सर मोटरसाईलक चोरी

बुटवलको एक घरबाट किनेको पाँच दिनमै पल्सर मोटरसाईकल चोरी भएको छ । बुटवलको पाल्पा रोडको छेवैमा रहेको बटौली बेकरी क्याफेको पार्कीङमा राखिएको सञ्चालक दिनेश श्रेष्ठको लु ७७ प ८२४७ नम्बरको २२० सिसिको सेतो रङको पल्सर मोटरसाईलक चोरी भएको हो ।
शुक्रबार राती करिव ९ः३० बजेको समयमा चोरी भएको बताउँदै श्रेष्ठले प्रहरीमा समेत जानकारी गराएको प्रहरीले खोजीगरिरहेको बताउनु भयो । पाँच दिन अगाडि ३ लाख ६० हजार मुल्यमा खरिद गरेको उक्त मोटरसाईकल १३४ किलोमिटर मात्रै गुडेको थियो । हराएको उक्त मोटरसाईकल देखमा वा भेटाएमा प्रहरीमा वा स्वयम आफूलाई सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।