लुम्बिनीका सभामुखलाई एमालेको पत्र : ‘वली र शाहीलाई नहटाएसम्म सदन चल्न दिईन्न’

1.3K

लुम्बिनीका सभामुखलाई एमालेको पत्र : ‘वली र शाहीलाई नहटाएसम्म सदन चल्न दिईन्न’

लुम्बिनी प्रदेशको प्रमुख विपक्षी दल एमालेले सांसदहरु विमला वली र अजय शाहीलाई नहटाएसम्म संसद चल्न नदिने चतावनी दिएको छ । एमाले लुम्बिनीका प्रमुख सचेतक भुमिश्वर ढकालले सोमबार सभामुख पूर्णबहादुर घर्तीलाई संसद अवरुद्ध गर्ने सम्बन्धि पत्र बुझाउँदै दुई सांसदलाई पदमुक्त गर्न दवाव दिएको दिनुभएको हो ।
उपनिर्वाचनमा नेकपाबाट निर्वाचित वली र स्वतन्त्र राजनीतिक समुहबाट निर्वाचित शाहीलाई पार्टीले कारवाही गरेको पत्र संसद सचिवालयमा पठाएको थियो । तर संसद सचिवालयले एमालेको कारवाहीका आधारमा उनीहरुलाई सांसदबाट पदमुक्त गर्न नमिल्ने जानकारी सहितको पत्र एमालेलाई पठाईसकेको छ ।
तत्कालिन नेकपाबाट निर्वाचित वलीले सर्बोच्चले एमाले माओवादी केन्द्र व्यूत्याईदिएपछि माओवादी पार्टी रोज्नु भएको छ भने लुम्बिनीका विनाविभागीय मन्त्री समेत रहेका शाहीले आफू स्वतन्त्र राजनीतिक समुहबाट निर्वाचित भएको र एमालेको सदस्य समेत नलिएकाले एमालेले कारवाही गर्नु लोकतन्त्र र विधिको शासनको उपहास भएको बताउनु भएको छ ।
उनीहरु दुबै जनालाई पदमुक्त गर्न माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।