रुपन्देहीमा रहेको सिद्धिबिनायक फूड प्रोडक्स प्रा.लि.ले मार्केटिङ् फिल्डमा काम गर्ने उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । उक्त कम्पनीले मंगलबार एक कार्यक्रमका बिच सुर्खेतका सेल्स अफिसर दीपप्रसाद उपाध्यायलाई सम्मान गरेको हो ।
कम्पनीले दिएको तार्गेट अनुसार सबैभन्दा बढी काम गरेको भन्दै प्रा.लि.का अध्यक्ष उज्ज्वलप्रसाद कसजू र म्यानेजिङ् डाईरेक्टर पुष्पकमल वाग्लेले मेडल सहित सम्मान पत्र प्रदान गर्नुभएको हो । त्यस्तैगरी कम्पनीले उपाध्यायलाई सेल्स अफिसरबाट सिनियर सेल्स अफिसरमा समेत बढुवा गरिएको म्यानेजिङ् डाईरेक्टर वाग्लेले जानकारी गराउनु भयो ।
त्यस अवसरमा कम्पनीका अध्यक्ष कसजूले कम्पनीमा आफूहरुले लगानी गरेपनि कर्मचारीको साथ र सहयोगले मात्रै निरन्तर सञ्चालन हुने तथा रोजगारीको पनि सुनिश्चितता हुने बताउँदै त्यसै अनुसार काम गर्न आग्रह गर्नुभयो ।
