लुम्बिनीका न्यौपाने र पन्थीको रिटमा अन्तरिम आदेश गर्न सर्वोच्चद्वारा अस्वीकार

1.3K

लुम्बिनीका न्यौपाने र पन्थीको रिटमा अन्तरिम आदेश गर्न सर्वोच्चद्वारा अस्वीकार

माओवादी केन्द्रको कारवाहीपछि सांसद पद गुमाएका लुम्बिनी प्रदेशका दधिराम न्यौपाने र दिनेश पन्थीलाई पुनःबहालीको आदेश गर्न सर्बोच्चले अस्वीकार गरेको छ ।
माओवादी केन्द्रबाट निर्वाचित प्रदेश सभा सदस्य न्यौपाने र पन्थीलले सर्बोच्चले एमाले र माओवादी केन्द्र व्यूत्याईदिएपछि एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेसंगै उनीहरुलाई माओवादीले गत चैत २२ गते कारवाही गरेर सांसद पद गएको थियो । उक्त निर्णयले आफुहरुलाई अपूरणीय क्षति भएको भन्दै न्यौपाने र पन्थी कारबाही कार्यान्वयन नगर्न र सांसद पद पुनर्बहालीको अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत गएका थिए ।
न्यायधिश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उनीहरु एमालेमा प्रवेश गरिसकेको देखिएको भन्दै पुनःबहालीको लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
एमालेमा प्रवेश गरेपछि प्रतिनीधि सभा सदस्य पद गुमाएका टोपबहादुर रायमाझी, प्रभु शाह, लेखराज भट्टलगायतको मुद्दामा अन्तरिम आदेश जारी भएको छैन । सर्वोच्चले उक्त निवेदनको अन्तिम किनारा लाग्दा यस विषयमा पनि निर्णय हुने भन्दै तत्कालका लागि अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।