नेकपा एमालेबाट फुटेर बनेकाे पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश अनुसार एमालेमा रहदा २०३ केन्द्रीय सदस्यकाे २० प्रतिसतले सनाखत गरेपछि निर्वाचन आयाेले माधवकुमार नेपालले नेतृत्व गरेकाे नेकपा एकीकत समाजवादी पार्टीलाई दर्ता प्रमाणपत्र दिएकाे हाे ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याए दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन दिएका थिए । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् ।
त्यस्तै २९ जना प्रतिनिधि सभा सदस्यहरुले नयाँँ दल राेजेका छन् । मंगलबार मात्रैै नयाँँ दल एकीकृत समाजवादीमा आउन चार जनाले निवेदन दिएका थिए । उनीहरुले भने सनाखत गर्न पाएनन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ ।