रुपन्देहीका तीन प्रहरी पुरस्कृत

1.3K

रुपन्देहीका तीन प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी संगठनमा उत्कृष्ट काम गर्ने तीन प्रहरीलाई पुरस्कृत गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले साउन महिनाभरी प्रहरी संगठनमा सबैभन्दा राम्रो काम गरेका तीन जनालाई शनिबार सम्मान सहित पुरस्कृत गरेको हो ।
जिल्ला प्रहरी कार्यालय भैरहवामा शनिबार बिहान आयोजना गरिएको कार्यक्रममा वडा प्रहरी कार्यालय भैरहवामा कार्यरत प्रहरी निरीक्षक सुवास तिमिल्सिना, प्रहरी चौकी कालिदहमा कार्यरत प्रहरी नायव निरीक्षक ताराबहादुर छहारी र प्रहरी चौकी मैनिहवामा कार्यरत प्रहरी सहायक निरीक्षक पदम बुढालाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।
उनीहरुले संगठनले सुम्पिएको जिम्मेवारी कुशलतापुर्वक सम्पादन गरेको, फराउ अपराधि पक्राउ, अवैध सामान मरामद, लागुऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण तथा प्रतिकार्य लगायतका काममा ईमान्दार पूर्वक जिम्मेवारी बहन गरेको भन्दै पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव निरीक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला भित्र कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट काम गर्ने प्रहरी (कर्मचारी)लाई प्रोत्साहन स्वरुप मासिक मुल्यांकनको आधारमा सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।