बुटवलको ज्योतिनगरमा चुरेबाट ढुंगा सहितको लेदो बग्न रोकिएन (भिडियो सहित)

1.3K

बुटवलको ज्योतिनगरमा चुरेबाट ढुंगा सहितको लेदो बग्न रोकिएन (भिडियो सहित)

बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतीनगरमा चुरेबाट खसेको पहिरोले ७ घर पुरिएका छन । थप ५० घर क्षेती पुगेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

अविरल वर्षासंगै आएको पहिरोले आईतबार बिहान ज्योतिनगरको बमघाटमा तीनवटा घर पुरिएका थियो । वर्षा नरोकिएको र माथिबाट ठूला ढुंगा सहितको लेदो हिलो बगिरहेका कारण थप क्षेत्री भएको हो ।
पहिरोले ज्योतीनगरका अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको हो । पहिरोले बुटवलको गोलपार्क–लक्ष्मीनगर जोड्ने सडक समेत बगाएको छ । अहिले पनि माथिबाट ठुला ढुंगा सहितको लेदो पहिरो रोकिएको छैन ।


चुरेबाट आएको पहिरोको कारण उच्च जोखिममा रहेको ज्यातिनगरका बासिन्दालाई सुरक्षित ठाउँमा बासस्थानान्तरण गर्न नगरपालिकाले आग्रह गरेको छ । त्यस ठाउँमा २३ वर्ष पहिलो पनि चुरेबाट पहिरो जाँदा ५७ घरमा क्षेती भएको थियो ।
ज्योतिनगर मात्रै नभएर सिंगो बुटवल जोखिममा देखिएको छ । यदि पहिरो रोकिएन भने गोलपार्क आदर्शनगर, ट्राफिकचोक सम्म पुग्न सक्ने आकलन गरिएको छ । माथिबाट ठूला ठूला ढुंगा सहितको लेदो बगिरहेको छ भने उक्त ढुंगा सहितको लेदो टिप्परमा उठाएर बाहिर फ्याक्ने काम भईरहेको छ ।