पत्रकार महासंघले पत्रकार र सञ्चार गृहलाई कोरोनाले पारेको प्रभावको अध्ययन गर्ने

1.3K

पत्रकार महासंघले पत्रकार र सञ्चार गृहलाई कोरोनाले पारेको प्रभावको अध्ययन गर्ने

नेपाल पत्रकार महासंघ रुपन्देहीले नियमित बैठकलाई बिकेन्द्रकरण गरेको छ । महासंघले कार्यालयमा सिमित रहेको नियमित बैठकलाई विकेन्द्रकरण गरि मंगलबार भैरहवामा बसेको हो ।
बैठकले कोभिड १९ ले सञ्चारगृह र पत्रकारलाई पारेको असरबारे अध्ययन गर्ने निर्णय गरेको छ । अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले बार्षिक कार्यक्रम कार्ययोजना बनाएको छ । कोभिडले पारेको प्रभावलाई मध्यनजगर गरि स्थानीय तह, उद्योगी व्यवसायी तथा सञ्चारगृह र पत्रकारहरुसँग अन्तरक्रिया, पत्रकार क्षमता अभिबृद्धिका लागि विधागत तालिम, ई–बुलेटिन प्रकाशन, भौतीक संरचना विकास तथा अन्य रचनात्मक कार्यक्रम गर्ने गरि बार्षिक कार्ययोजना बैठकले पारित गरेको सचिव विनोद परियारले बताउनु भयो ।
यसैगरि लैंगिक तथा समावेसी उपसमितिले तीजको अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले कोरोना महामारीको जोखिमसँगै बाढी पहिरो जस्ता विपदले समेत पत्रकार प्रभावित भएकाले सुरक्षित हुन समेत अपिल गरेको छ ।