प्रतिवन्धित लागुऔषध सहित प्रहरीले रुपन्देहीको मायाँदेवी गाउँपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीको टोलीले रुपन्देहीको मायाँदेवी गाउँपालिका वडा नं. ६ बेथरीका ३० वर्षीय अनुप कहारलाई प्रतिवन्धित लागुऔषध सहित पक्राउ गरेको हो ।
प्रहरी चेकजाँचको क्रममा कहारले लगाएको पाईन्टको गोजी र चलाएको मोटरसाईलकको टुलबक्स भित्र लुकाईरोखेको अवस्थामा नाईट्रोभेट १० लेखेको ७ पत्ता, वनरेक्स १०० एमएलको झोल ४ बोतल फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी गराउनु भयो ।
पक्राउ परेका कहारलाई आवश्यक अनुसन्धान पछि अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।