एमाले उपाध्यक्ष बामदेव गाैतमले पार्टी परित्याग गर्नु भएकाे छ । अध्यक्ष केपि ओलीकाे व्यक्तिवादी चिन्तन र स्वच्छाचारी कार्य शैलीका कारण पार्टी छाेड्नु परेकाे बताउनु भएकाे छ ।
अध्यक्ष ओलीलाई सम्वाेधन गरेकाे पत्र गाैतमले पार्टी कार्यालय सचिवलाई बुझाउनु भएकाे हाे । एमाले परित्याग गर्नु अगाडि उहाँले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसंग भेट गर्नु भएकाे थियाे ।
एमाले परित्याग गरेपछि गाैतम नेेकपा एकीकृृत समाजवादी पार्टीमा जाने अनुमान गरिएकाे छ ।