एमाले मालारानी रुपन्देही सम्पर्क मञ्चको अगुवा कार्यकर्ता भेला बुटवलमा सम्पन्न

1.3K

एमाले मालारानी रुपन्देही सम्पर्क मञ्चको अगुवा कार्यकर्ता भेला बुटवलमा सम्पन्न

नेकपा एमाले अर्घाखाँची मालारानी रुपन्देही सम्पर्क मञ्चको अगुवा कार्यकर्ता भेला तथा दोस्रो अधिवेसन बुटवलमा सम्पन्न भएको छ । मालारानी गाउँपालीका अर्घाखाँचीबाट रुपन्देहीका विभिन्न स्थानमा छरिएर पेशा व्यवसाय गरी बसेका नेकपा एमाले पार्टीमा रहेका कार्यकर्ताहरुको भेलाले लेखनाथ खनालको अध्यक्षतामा ४५ सदस्यीय सम्पर्क मञ्च गठन गरेको छ । उपाध्यक्षमा निरज आचार्य र तुल्सि खनाल , सचिवमा विशाल पन्थी , सहसचिवमा सागर खड्का र महेश पोखरेललाई कोषाध्यक्षमा चयन गरेको छ ।

भेलाको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य नजिर मियाले पार्टि अध्यक्ष केपि शर्मा ओलि नेतृत्वको सरकारले विकासको काम तिब्र गतिमा गरिरहेको र उहाँको काम देखेर भोलिका दिनमा अरुको नाम नै नआउने भए पछि नेकपा एमालेको नेतृत्वको सरकार जसरि पनि ढाल्ने र पार्टि फुटाल्ने काममा माधव नेपाल प्रयोग हुनु दुखद रहेको र पार्टी फुटको औचित्य समेत पुष्टि गर्न नसक्ने बताउनु भएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज दधिराम न्यौपानेले यो पुरानो एमाले पार्टि नभै परिस्कृत नेकपा एमाले रहेको बताउनु भयो । साथै प्रचण्डले कुनैपनि काम गर्न नसक्ने र अरुले गरेको पनि देख्न नसक्ने बताउनु भयो । नेता न्यौपानेले प्रचण्डसंग स्वार्थ बाहेक कुनै सिद्धान्त नभएकोले कार्यकर्ताहरू कुनै भ्रममा नपरि नेकपा एमालेमा गोलबन्द हुन आग्रह समेत गर्नुभयोे।

सो अवसरमा अर्घाखाँची जिल्ला कमिटि सदस्य खुविराम आचार्य, अर्घाखाँची रुपन्देही जिल्ला सम्पर्क मञ्चको अध्यक्ष डवल विसि,मालारानी गाँउपालिका कमिटी सचिव डण्डपाणि पोख्रेल , अर्घाखाँची रुपन्देही जिल्ला सम्पर्क मञ्चका सह सचिव तथा मालारानी रूपन्देही सम्पर्क मञ्चका इन्चार्ज विक्रम खनाल ,राष्ट्रिय युवासंघ केन्द्रीय सचिवालय सदस्य शोभाखर पाण्डेय लगायतको उपस्थीति रहेको थियो ।

सो भेलावाट लेखनाथ खनाल अध्यक्ष, निरज आचार्य र तुल्सि खनाल उपाध्यक्ष , विशाल पन्थी सचिव, सागर खड्का सहसचिव र महेश पोखरेल कोषाध्यक्ष सहितको पदाधिकारी र १५ जनाको सचिवालय सहित ४५ सदस्यिय सम्पर्क मञ्च गठन गरेको छ । सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष नारायण पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन निरज आचार्य र उमेश कुँवरको स्वागतमा सम्पन्न भएको थियो ।