नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. २ मा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।
अधिवेशनबाट वडा सभापतिमा धनबहादुर खड्कालाई चयन गरिएको छ । त्यस्तैगरी उपसभापतिमा विष्णुबहादुर थापा र शान्ता थापा, सचिवमा राजेन्द्र बस्नेत र राजेन्द्र खड्का, सहसचिवमा भुवन खत्री र सागर थापालाई सर्वसम्मत रुपमा चयन गरिएको हो । त्यस्तै सदस्यहरुमा अर्जुन खनाल, नेत्रबहादुर खत्री, रामबहादुर थापा, मुनाल खत्री, विष्णुबहादुर थापा, कमला जिसी, तारा खनाल, नीर्मला घीमीरे, कर्णबहादुर कार्की, सीताराम खनाललाई चयन गरिएको छ । कोषाध्यक्षमा टिका गौतमलाई मनोनित गरिएको छ ।
क्षेत्रिय प्रतिनिधिमा खुल्लाबाट नवीन जिसी, हहिरबहादुर थापा, केशवराज खनाल, चेतनाथ खनाल, कृष्णबहादुर खत्री, प्रेमबहादुर थापा, अमीर खड्का, केशवराज खनाल, खुल्ला महिमा रेखा खड्का, शान्ता खनाल, लक्ष्मी खड्का, खस आर्य महिलाबाट सुशिला खत्री, जनजातितर्फ चेतबहादुर थापा मगर, दलिततर्फ भोटबहादुर सुनार, दलीत महीलातर्फ सीता कामी, अल्पसंख्यक अपाङ्गतर्फ कमला खड्कालाई चयन गरिएको छ ।