संसद बैठक पुन स्थगित : सम्वादमा आउन एमालेलाई सभामुखको आग्रह

1.3K

संसद बैठक पुन स्थगित : सम्वादमा आउन एमालेलाई सभामुखको आग्रह

एमालेको अवरोधका कारण प्रतिनीधि सभाको बैठक पुनः १५ मिनेट स्थगित भएको छ । लगातार संसद बैठकमा अवरोध गर्दै आएको एमालेले आईतबार पनि अवरोध गरेको थियो ।
अवरोधका बिच सभामुख अग्नीप्रसाद सापकोटाले एमालेलाई संवादमा आउन आग्रह गर्दै १५ मिनेटको लागि संसद बैठक स्थगित गर्नुभएको हो । संसद बैठक अवरोध गरेर नारावाजी गरिरहेको एमालेलाई सभामुख सापकोटाले वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गर्दै संवादमा आउन आग्रह गर्नुभएको हो ।
प्रमुख विपक्षी दल एमालेले पार्टीका १४ सांसदलाई गरेको कारवाहीमा सभामुखले साथ नदिएको भन्दै संसद बैठक अवरोध गर्दै आएको छ । तर उक्त कारवाही सम्बन्धि विषय सर्बोच्चमा विचाराधिन रहेकाले त्यस विषयमा संसदमा संसदमा छलफल हुन नसक्ने संवैधानिक व्यबस्था रहेको सभामुख सापकोटाले बताउँदै आउनु भएको छ ।